दफा
केन्द्र स्वशासित संस्था मानिन

(१) केन्द्र अन्तर्राष्ट्रिय व्यक्तित्व भएको अविच्छिन्न उत्तराधिकारवाला संगठित तथा पूर्ण स्वशासित संस्था हुनेछ । केन्द्रले समिति बाहेक कुनै सरकार वा संस्थाबाट निर्देशन प्राप्त गर्ने छैन ।

(२) केन्द्रको आफ्नो छाप हुनेछ र यसले करार गर्न तथा आफ्नो नामबाट नालिस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

(३) केन्द्रले नेपाल सरकार वा कुनै विदेशी सरकार वा सरकारी संस्थाबाट वा स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संस्था, कम्पनी, कर्पोरेशन वा व्यक्तिबाट चल अचल सम्पत्ति, हक, अनुमति, सुविधा वा सहायतालाई दान–दातव्य, अनुदान, बक्स, सट्टापट्टा, खरिद–बिक्री, बन्धकी, भाडा वा कुनै पनि तरिकाबाट प्राप्त गर्न, भोग गर्न, चलन चल्ती गर्न वा त्यस्तो चल अचल सम्पत्ति धितो बन्धकी राख्न, भाडामा दिन वा बेच– बिखन गर्न र दान–दातव्य गर्न सक्नेछ ।

(४) केन्द्र मुनाफा नकमाउने गरी सञ्चालित हुनेछ र व्यवस्थापन, कर्मचारी भर्ना, कार्य सञ्चालन समेतको सम्बन्धमा राजनीतिबाट मुक्त रहनेछ ।